सांसद आलमलाई ७ दिन म्याद

२०७६ आश्विन २९,बुधबार ०८:५०

राजपुर बम विस्फोट घटनामा संलग्न आरोपमा पक्राउ परका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहमद आफताब आलमलाई जिल्ला अदालतले अनुसन्धानका लागि मंगलबार ७ दिन म्याद थप गरेको छ ।

कडा सुरक्षाबीच अदालतमा उपस्थित गराइएका आलमलाई लैजाने क्रममा सेवाग्राहीलाई समेत प्रवेशमा रोक लगाइएको थियो ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले सांसद आलमलाई ७ दिनेम्याद थपको आदेश गरेका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*