दसैंमा सवारी दुर्घटना : १५ दिनमा १११ जनाले गुमाए ज्यान

२०७६ आश्विन २९,बुधबार ०८:२८

यसपालिको दसैं अवधिभर सवारी दुर्घटनामा परी मुलुकमा १ सय ११ जनाले ज्यान गुमाएका छन् । यो असोज १२ घटस्थापनादेखि २६ गते पूर्णिमासम्मको तथ्यांक हो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चालकको लापरबाही, क्षमताभन्दा बढी भार र सडक दुरवस्थालाई दुर्घटनाको मुख्य कारण औंल्याए । यात्रुको चाप धान्ने गरी सवारी नहुनुले पनि दुर्घटनालाई बढावा दिएको उनले बताए । घुम्ती सडक, सिकारु चालक, मादक पदार्थ सेवन, तीव्र गति, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण देखिएका छन्।

गत शुक्रबार मात्रै क्षमताभन्दा बढी यात्रु बोकेको बस दुर्घटना हुँदा सिन्धुपाल्चोकको, सुनकोसी गाउँपालिकामा ११ जनाको मृत्यु भयो । सय जना घाइते भए । त्यसको भोलिपल्ट शनिबार मुलुकभर ७ जनाले दुर्घटनामै ज्यान गुमाए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*