महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०७६ आश्विन २८,मंगलवार १७:२९

काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

महराविरुद्ध जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।

महरा यही असोज १९ मा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।

त्यसैले आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*