अमेरिकाको कोलम्बसमा भएको दुर्घटनाबाट दुई नेपालीको मृत्यु

२०७६ आश्विन २८,मंगलवार १४:३१

अमेरिकाको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा परी २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको  मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।

शनिबार राति १० बजे भएको दुर्घटनामा तीन वटा गाडी ठोक्किएको थियो । उक्त गाडी ठोक्किँदा दुईको मृत्यु र चार जना घाईते भएका थिए ।

दुर्घटनामा परी घाईते भएका चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*