विमानस्थलमा तोडफोड गर्ने सांसद साह पक्राउ

२०७६ आश्विन २८,मंगलवार १३:४६

काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो ।

उनले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*