धारिलो हतिया प्रहार गरी महिलाको हत्या गरेको आरोपमा हेटौँडाका लामा पक्राउ

२०७६ आश्विन २८,मंगलवार १०:१९
File Photo

मकवानपुर, २८ असोज । घाँस काट्न जंगल गएकी महिलाको हत्या गरी सुनका गहना लुट्ने हेटौँडाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकावानपुरको हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामा रहेका छन् ।

गत असोज १७ गते हत्या गरिएकी बुटवल ज्योती नगरकी ६६ वर्षीया टिकीसरि गुरुङको हत्यामा संलग्न हेटौँडाका लामालाई नुवाकोटबाट बुटवल प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*