‘एसिड आक्रमणको दोषी जोगाउन चलखेल नहोस्’

२०७६ आश्विन २८,मंगलवार ०९:१६

विद्यालय जाने क्रममा वीरगन्ज छपकैया–२ की १५ वर्षीया मुस्कानमाथि गत भदौ २० गते दुई युवाले बाटो छेकेर एसिड प्रहार गरेको घटनाको ३७ दिन बितेको छ। मुस्कानलाई एसिड आक्रमण गरेका दोषीमाथि भइरहेको अनुसन्धान र मुद्दाको प्रक्रियाबारे बुझ्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव नेतृत्वको एउटा टोली सोमबार जिल्ला प्रहरी कार्यालय पुगेको छ। घटनाका आरोपी मुख्य दोषी सांसद मिया र माजिद आलम पर्सा प्रहरीको हिरासतमा छन्। हाल कीर्तिपुरस्थित बर्न हस्पिटलमा मुस्कानको उपचार भइरहेको छ।

उनलाई भेट्ने र शुभेच्छा व्यक्त गर्नेमा विभिन्न दलका नेतादेखि बलिउडका अभिनेतासम्म छन्। यता घटनाका दोषीहरूउपर भइरहेको कारवाहीको बारेमा र समग्रमा पर्सा जिल्लामा छोरीचेलीहरूको सुरक्षाका बारेमा बुझ्न आफूहरू जिल्ला प्रहरी कार्यालय आइपुगेको सांसद यादवले बताए।

सांसद यादवले पर्सा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग घटनाको अनुसन्धानबारे जानकारी मागे। उनले दोषीमाथि कानुनबमोजिम कारवाहीका लागि विशेष अनुसन्धान गर्न प्रहरीलाई सुझाव दिए। पछिल्लो समय मुस्कानउपर एसिड आक्रमण घटनाका दोषीलाई बचाउन चलखेल सुरू भएको सूचना पाएपछि सांसद यादवले प्रहरीसँग मुद्दाको विषयमा जानकारी लिएका हुन्। दोषी जोगाउन चलखेल नहोस् भनी आफूले विशेष चासो राखेको सांसद यादवले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*