सर्वोच्चमा १७ थान बन्दी प्रत्यक्षीकरणको रिट

२०७६ आश्विन २८,मंगलवार ०९:०२

सर्वोच्च अदालतमका दसैं बिदा अवधिभर १७ थान बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको छ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्ययको निधनमा दिएको बिदासमेत जोड्दा १७ दिनको अवधिमा १७ थान नै रिट निवेदन दर्ता भएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले दर्ता भएका १७ मध्ये १० थान बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज भएको बताए। उनका अनुसार सर्वोच्चबाट ४ थानमा मात्र बन्दी प्रत्यक्षीकरणको रिट जारी हुने ठहर भएको छ भने ३ थान निवेदन विचाराधीन अवस्थामा रहेको छ।

सर्वोच्चले दसैं बिदा अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट हेर्न पाँच न्यायाधीश तोकेको थियो। वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ललाई बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हेर्नेगरी जिम्मेवारी तोकिएको ढकालले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*