भीमफेदीको बागझोरामा सवारी दुर्घटना हुँदा चार जना घाईते, दुईको अवस्था गम्भीर

तु खबर संवाददाता
२०७६ आश्विन २४,शुक्रबार १७:०९

मकवानपुर, २४ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ स्थित बागझोरामा शुक्रबार (आज) सवारी दुर्घटना भएको छ ।

हेटौँडाबाट भैंसेतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ह ००९७ नम्वरको अटो र विपरित दिशाबाट आउँदै गरेको ना ६० प ८७९८ नम्वरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनाबाट मोटरसाईकल चालक र अटो चालकसहित चार जना घाईते भएका छन् । घाईतेहरुको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार, घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । शुक्रबार दिउँसो ३ बजेतिर भएको दुर्घटनाबाट घाईते भएका चारै जनाको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*