मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चौधरीसहित दुईको मृत्यु

२०७६ आश्विन २३,बिहीबार १७:५५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा आज (विहिबार) मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

सो दुर्घटनमा परी दुई जनाएको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परी बा ६८ प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरी र ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन गम्भीर घाईते भएका हुन् ।

उनीहरुलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*