करणी गरेको आरोपमा मालपोत प्रमुख एडी पक्राउ

२०७६ आश्विन २३,बिहीबार १७:२६
File Photo

कञ्चनपुर, २३ असोज । एक महिलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मालपोत कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ ।

करणीको आरोपमा प्रहरीले कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार, मोलपोत प्रमुख ऐडीलाई पक्राउ गरी सोधपुछ भइरहेको छ । त्यस्तै प्रहरीले घटनाबारे सोधपुछकै लागि महिलालाई पनि पक्राउ गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*