
शंकास्पद अवस्थामा एक जनाको शव फेला

डडेल्धुरा, २३ असोज । डडेल्धुरामा शंकास्पद अवस्थामा एक जनाको शव फेला परेको छ । अमरगढी नगरपालिका – ६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेको हो ।
शव भेटिएको स्थानका ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको हो ।
लामो समयदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५–७६ वर्षीका उमाशंकर गिरी नाम गरेका साधुको वुधबार बेलुकी उनकै कुटीमा शव फेला परेको थियो ।
उनको शव डडेल्धुरा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
