चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सरकारलाई डा. भट्टराईको सुझाव

२०७६ आश्विन २३,बिहीबार १७:०६

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको विषयमा सरकारलार्इ ६ बुँदे सुझाव दिएका छन् ।

विहिबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरु एवम् पूर्वपरराष्ट्र मन्त्रीहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे सुझाव दिएका हुन् ।

डा. भट्टराईले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने सतीनवटैसंग समानान्तर सम्बन्ध राख्न गतिशील शान्तिवाद र तटस्थताको नीति लिने बि.आर.आई. र आई.पि.एस दुवैबाट लाभ लिने भारत–चीनबीच आर्थिक सेतुको रूपमा विकास गर्ने, चीनसंग रेल, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने, सुपुर्दगी सन्धी चीनसंग मात्र तत्काल नगर्ने, लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्नेलगायत विभिन्न सुझाब सुझाव दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*