स्वास्थ्यमा समस्या देखिएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना

२०७६ आश्विन २३,बिहीबार १६:४१

मकवानपुर, २३ असोज । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको हो ।

अब जाँचको रिपोर्ट आएपछि मात्र महराको अस्पताल बसाइ के–कति हुने भन्नेबारे टुंगो लाग्ने छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*