दुर्घटनाबाट स्कुटर सवार धितालको मृत्यु

२०७६ आश्विन २३,बिहीबार १५:२८

तनहुँ, २३ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

दुर्घटनाबाट भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धिताल गम्भीर घाईते भएका थिए । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएरातिनै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी अन्य दुई जना घाईते भएका छन् । दुर्घटनाबाट ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएका हुन् ।

दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*