
नगद ९८ हजारसहित ३ जना पक्राउ

बाँके, २३ असोज । बाँकेमा तास खेलिरहेको अवस्थामा प्रहरीले नगद ९८ हजारसहित ३ जनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तास खेलिरहेको अन्य तीन जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
