दुई गाउँबीच झडप हुँदा १६ जना घाइते

२०७६ आश्विन २३,बिहीबार ११:४४
file photo

सिरहा, २३ असोज । सिरहामा मेलाको विषयलाई लिएर दुई गाउँबीच झडप हुँदा १६ जना घाइते भएका छन् ।

मेलाको विषयलाई लिएर दुई गाउँबीच झडप हुँदा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्गा मेलामा मैन र नटवा टोलका युवाहरूबीच बुधबार विवाद भएको थियो । त्यही विवाद उग्र रुप लिएपछि झडप भएको स्थानीयहरुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, थप घटना बढ्न नदिन प्रहरीले केही स्थानीयहरुलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*