बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

२०७६ आश्विन २३,बिहीबार ११:१५

बझाङ, २३ असोज । ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बझाङको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई पक्राउ गरेको हो ।

मंगलबार पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्तीकरणी सम्बन्धि मुद्दा दर्ता गराएपछि बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सो घटनाको विषयमा दमाईलाई पक्राउ गरी जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*