आज पनि बडादशैंको टीका लगाउने क्रम जारी

२०७६ आश्विन २३,बिहीबार ०८:२६

नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड बडादसैंको मान्यजनबाट टीका लगाउनेक्रम जारी रहेको छ ।आज बडादसैंको टीकाको तेस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने चलन छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*