समिति बनाएर सीडिओ निदाए, प्रतिक्रिया माग्दा भन्छन् – ‘मलाई सोध्ने हो ?’

२०७६ आश्विन २२,बुधबार १७:५६

मकवानपुर २२ असोज । चाडपर्वको बेला बजार अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बनाएको अनुगमन समितिले प्रभावकारी रुपमा बजार अनुगमन गर्न सकेन । भदौ २६ गते जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर बनाइएको २ वटा समितिमध्ये एउटा समिति त परिचालनसमेत भएन ।

खाद्य सम्बन्धी अनुगमन गर्न बनाइएको समितिले सामान्य अनुगमन गरेको पाइए पनि खाद्य बाहेकको अनुगमन गर्न बनाइएको समिति परिचालन समेत भएन ।

घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख संयोजक रहनेगरी बनाइएको उक्त समिति परिचालन समेत हुन नसकेपछि प्रशासनकै मिलेमतोमा उपभोक्ता ठगिने गरेको खुलेको छ ।

खाद्य बाहेको अनुगमन समितिलाई बजारमा यातायातको भाडादर, लताकपडा, भाँडाकुँडा, बील बिजकलगायत बारे अनुगमन गर्न जिम्मेवारी दिइएको थियो, तर अनुगमन प्रभावकारी नभएकै कारण उपभोक्ता ठगिन थालेका छन् । सुमोले एकजना यात्रुलाई तेब्बरसम्म भाडा अशुल्ने गरेको भन्दै गुनासो आइरहेको छ ।

यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीसंग प्रतिक्रिया माग्दा उनले यसबारे आफुलाई सोध्न नहुने बताए । उनले भने – अनुगमन समितिमा जिम्मेवार कर्मचारी छन्, उनीहरुले आफ्नो काम पुरा गरेका छन्, नत्र उनीहरुलाई नै सोध्नुस्, मलाई सोध्ने होइन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*