चिनियाँ राष्ट्रपती भारत हुँदै नेपाल आउने

२०७६ आश्विन २२,बुधबार १४:२७

चिनियाँ राष्ट्रपती सी जिनपिङ भारत हुँदै नेपाल आउनेछन् । २४ असोज ९१ १ अक्टोबर०मा भारत पुगेर उनी २५ गते नेपाल आउनेछन् ।

भारतमा सीले मोदीसँग शिखर वार्ता गर्ने बताईएको छ । भारतीय विदेशमन्त्रालये जारी गरेको विज्ञप्ती अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबिच अनौपाचारीक शिखर वार्ता हुने छ ।

मोदीले सीलाई चेन्नाईमा भेट्नेछन् । सी र मोदीबिच यसअघि चीनको उहानमा २०१८ को अप्रिल २७ देखि २८ सम्म अनौपचारिक भेटघाट भएको थियो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङ्गद्वारा जारी गरिएको वक्तव्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी भारत र नेपालको भ्रमणमा जाने उल्लेख छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाल भारत र नेपाल दुवै देशको भ्रमण मिति अक्टोबर ११ देखि १३ असोज २४ देखि २६ सम्म हुने समाचार लेखेको छ ।
स्रोत : शिलापत्र


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*