वन प्राविधिक समाजको साधारण सभा सम्पन्न

२०७६ आश्विन २०,सोमबार १६:२१

मकवानपुर २० असोज । मकवानपुर वन प्राविधिक समाजको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजका अध्यक्ष पुष्पराज थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा वार्षिक आय व्यय विवरण सार्वजनिक गर्नुका साथै आगामी वर्षको कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाजकी कोषाध्यक्ष लिलु मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । २०६७ सालदेखि निरन्तर रुपमा जिल्लामा रहेर वन र बनसंग सम्बन्धित क्षेत्रमा काम गर्दै आएका तथा वन विज्ञान अध्ययन गरेका व्यक्तिहरुले संचालन गरिरहेको समाजले निरन्तर रुपमा भाइचाराको सम्बन्ध विकास गरिरहेको विभिन्न व्यक्तित्वहरु बताए ।

कार्यक्रममा सहभागीहरुले एक आपसमा विजया दशमी, दिपावली र छठ पर्वको समेत शुभकामना आदान–प्रदान गरेका थिए । हरेक वर्ष फुलपातीका दिन एकै स्थानमा उभ्याएर सम्बन्ध विस्तारमा जोड दिनुले आगामी दिनमा निरन्तरता पाउनुपर्ने र सबैलाई समेट्न आवश्यक रहेको डिभिजन वन कार्यालय डढेलधुराका प्रमुख एवम् संस्थापक विष्णुप्रसाद आचार्यले जोड दिए ।

कार्यक्रममा विभिन्न सरकारी तथा ग्रैर सरकारी कार्यालयमा वन क्षेत्रमा कार्यरत मकवानपुरे वन कर्मीहरुको सहभागिता रहेको थियो । आगामी दिनमा सबैलाइ समेट्ने गरी साधारण सभा आयोजना गर्नुपर्ने भन्दै अन्य सहभागीहरुले सुझाव समेत राखेका थिए । समाजले विभिन्न निकायसँग समन्वय गरी वन तथा वातावरणको क्षेत्रमा काम गर्दै आईरहेको र आफु सदैव सहकार्य र वन विकासमा प्रतिवद्ध रहेको कार्यक्रमका अतिथि तथा विशेष अतिथिहरुले जोड दिएका थिए ।

कार्यक्रम कृषि तथा वन विज्ञान विश्व्विद्यालयका वन संकायका डिन डाक्टर बलराम भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व महानिर्देशक विजयराज पौडेलको विशेष आतिथ्यता तथा जगदिश चन्द्र बरालल लगायतको आतिथ्यता रहेको थियो । मकवानपुर वन प्राविधिक समाजले आफ्नै भवन निर्माण कार्यमा सहयोग जुटाउन सबैलाई आग्रह गरेकोमा कार्यक्रमकै अवसरमा भवन निर्माणका लागि डिभिजन वन कार्यालयका इलामका प्रमुख मेघराज राई, नवराज पुडासैनी, शिव शर्मा लगायतका वन प्राविधिकहरुले सहयोग रकम घोषणा गरी सहयोग रकम समेत संकलन गरेका थिए ।

अध्यक्षमा थापा

मकवानपुर वन प्राविधिक समाजको भेलाले नया कार्यसमिति चयन गरेको छ । आगामी तिन कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरीएको हो । नयाँ कार्यसमिति चयनका लागि शिवप्रसाद शर्माको नेतृत्वमा ३ सदस्सिय निर्वाचन मण्डल गठन गरीएको थियो । कार्यसमितिको अध्यक्षमा पुनः पुष्पराम थापा चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा शम्भुप्रसाद नेपाल, महिला उपाध्यक्षमा राधिका शर्मा, महासचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा लिलु मगर, सचिवमा बद्रि प्रसाद ढुंगाना चयन भएका हुन् ।

सदस्यहरुमा क्रमश नारायणप्रसाद रुपाखेती, मदनप्रसाद शर्मा, ढल प्रसाद चौलागाई, बद्रि पण्डित, गायत्री शर्मा, सविना तिमल्सिना, बिरबहादुर भोम्जन, अजित पराजुली, श्रृष्टि पुडासैनीलगायत चयन भएका हुन् । निर्वाचन मण्डलले निर्वाचित सबैलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*