कुलेखानी तेस्रोको उत्पादन परीक्षण

२०७६ आश्विन १८,शनिबार ०८:५३

मकवानपुर, १८ असोज । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन परीक्षण शुक्रबारदेखि सुरु भएको छ । कुलेखानी तेस्रोको २ वटामध्ये एउटा युनिटबाट शुक्रबार उत्पादन परीक्षण गरिएको थियो । अर्को युनिटको शनिबारसम्म उत्पादन परीक्षण गरिने आयोजनाले जनाएको छ ।

कुलेखनी तेस्रोमा २ वटा युनिट छन् । एउटा युनिटबाट ७ मेगावाट विद्युत् उत्पादन हुन्छ । उत्पादन परीक्षण गर्न चीनबाट चार जना प्राविधिक टोली आएका छन् । उनीहरूले उत्पादन परीक्षण गरिरहेको आयोजना प्रमुख सुवासकुमार मिश्रले बताए ।

इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने कार्य करिब सय महिना बितेपछि निर्माण कार्य सकिएको छ । परीक्षणको रूपमा उत्पादन सुरु भएको छ । सिभिल वर्ककोचीनकोसिनो हाइड्रोले पाएको थिया । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*