पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

२०७६ आश्विन १८,शनिबार ०८:४१

मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन । हेटौंडादेखि राजधानी आएकी आमा बबिताले उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् ।

‘घरमा जमरा उम्रिसकेको थियो, कामका लागि दसैंअगावै उड्नुपर्ने भयो । यसपटक परिवारसँग बसेर दसैं मनाउन पाइनँ ।’

बबिताले यसो भन्दै गर्दा विमानस्थलको प्रस्थानकक्षमा कास्की रुपा गाउँपालिका–६ का नारायण थापा हातमा पासपोर्ट बोकेर मलिन अनुहारमा उभिएका थिए । आमा–बाको हातबाट घरबाटै टीका लगाएर राजधानी आएका उनी विमानस्थलमा एक्लै थिए ।

‘बुबाले नरोइ जानु भन्दै रुनुभएको थियो,’ उनले भने, ‘त्यो सम्झँदा निकै दुःख लागेको छ ।’ दुई वर्षे छोरा र ६ वर्षीया छोरीका बाबु नारायणले बिदाको समयमा पत्नीको अनुहार पनि मलिन रहेको सुनाए । ‘घरमा जमरा उम्रिसकेको थियो, कामका लागि दसैंअगावै उड्नुपर्ने भयो, ‘वैदेशिक रोजगारीको सिलसिलामा चेक रिपब्लिक जाँदै गरेका उनले भने, ‘यसपालि परिवारसँग दसैं मनाउन पाइनँ ।’ नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*