नेपाली चलचित्र बादशाह जुटको कलाकार टोली हेटौंडामा

२०७६ आश्विन १७,शुक्रबार १७:३६

मकवानपुर, ७ असोज । नेपाली चलचित्र बादशाह जुटको निर्माण तथा कलाकार टोली हेटौंडा आइपुगेका छन् । कार्तिक ५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रचारप्रसारको क्रममा बादशाह जुटको निर्माण तथा कलाकार टोली आज बुक्रबार हेटौंडा आइपुगेका हुन् ।

चलचित्र पत्रकार संघ मकवानपुरको संयोजनमा पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता हर्क कुँवर पिटरले चलचित्र निर्माणमा कुनै पनि कन्जुसाई नगरी निर्माण गरिएको बताए । करिब ३ करोड ७५ लाखमा निर्माण गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक जोनी सिं राणाले आफुले बलिउडमा काम गरेको र पढाई गरेकोले यो चलचित्रलाई उत्कृष्टता बनाउन सबै पक्षले राम्रो काम गरेको बताए । दुईवटा बादशाहको कथालाई चलचित्रमा देखाउन खोजीएको उनले बताए ।

चलचित्रका नायक सुशिल श्रेष्ठले यो चलचित्र आफ्नो अन्य चलचित्र भन्दा भिन्न भूमिका रहेको बताए । आफु एउटा पत्रकारको भूमिकामा रहेको बताए ।

कार्यक्रममा हेटौंडेली नायक अमिर गौतमले चलचित्रमा आफु प्रहरी सिपाहीको भूमिका रहेको बताए । सिपाही भएर पनि कसरी अन्य सिपाही भन्दा फरक हुने सिङ्गम स्टाईलमा आफुलाई कसरी उर्ताने जस्ता सोचले दर्शाएको मनोविज्ञानलाई चलचित्रको कथामा आफु रहेको बताए ।

उनले हेटौंडाबासीलाई आफु हेटौंडाकै भएर कार्तिक ५ गते प्रदर्शन हुने बादशाह जुटलाई हर्न आग्रह गरे । उनले आफु केही समय चलचित्र क्षेत्रबाट टाढा भएका नि अब चलचित्रलाई निरन्तरता दिनेसमेत बताए ।

संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, सचिव श्रीराम अर्जुन, पत्रकार महासंघका सचिव गणेश दर्पण अधिकारी लगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो .।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*