१० लाखको लगानीमा धार्मिक स्थल चुरियामाई मन्दिर परिसरमा तीन वटा धारा

२०७६ आश्विन १७,शुक्रबार १४:१८

मकवानपुर, १७ असोज । हेटौंडा उपमहनगरपालिका वडा नम्वर १४ र १५ मा पर्ने चुरियामाईको मुल मन्दिरको परिसरमा आज शुक्रबार खानेपानीको उद्घाटन गरिएको छ । १० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सो मन्दिर परिसरको तीन वटा धाराहरुको आज उद्घाटन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र चुरीयामाई मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा निर्मित खानेपानी योजनाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् ।

खानेपानी योजनाको उद्घाटन गर्दै मेयर महतले उक्त ऐतिहासिक स्थानमा खानेपानी योजना निर्माण गर्न पाएकोमा खुसी व्यक्त गरे । सो खानेपानी योजनामा लगानीको हिसाबले थोरै भएपनि मकवापनुर, बारा, पर्सालगायतका क्षेत्रका भक्तजनहरु पुजा गर्न आउने स्थानमा यो योजना निर्माण गरिएको उनले बताए ।

सो खानेपानीको ट्याङकी हेटौंडाको जय कालिका हार्डवयर एण्ड सप्लायर्षका सञ्चालक कृष्णबहादुर कार्कीले सहयोग गरेका हुन् ।

कार्यक्रममा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्का, बोर्डका सदस्य इन्द्र नेपाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम चुरीयामाई मन्दिर संरक्षण समिति तथा सुरुङ संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनको अध्यक्षतामा भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*