प्रेस युनियन मकवानपुरद्धारा शुभकामना आदानप्रदान

२०७६ आश्विन १७,शुक्रबार १३:००

मकवानपुर, १७ असोज । नेपाल प्रेस युनियन मकवानपुर शाखाले हिन्दुहरुको महान चार्ड बडादशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी पोष्ठराजको अध्यक्षता तथा पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा भएको हो ।

कार्यक्रममा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नगर सभापति आनन्दराम पराजुली, जिल्ला तहका नेतागण्, पार्टीका प्रवक्ता प्रदिप कोइरालालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*