मकवानपुरको उपभोक्ताहरुलाई सुपथ मुल्यमा खाद्यान्न र लत्ताकपडा उपलब्ध

२०७६ आश्विन १७,शुक्रबार ०९:५५
file photo

मकवानपुर, १७ असोज । हिन्दुहरुको महान चाड बडादशैंको उपलक्ष्यमा मकवानपुरका स्थानीय बजारमा खाद्यान्न, लत्ताकपडाहरु सुपथ मुल्यमा विक्री–वितरण भइरहेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको सक्रियतामा जिल्लाको मनहरी, भीमफेदी, पालुङ र हेटौँडाको स्थानीय बजारबाट उपभोक्ताहरुलाई चामल, आटा (पिठो), मसला, तेल, घिउँ, चिनी र लत्ताकपडाहरु करिब १० प्रतिशत सहुलियत मुल्यमा विक्री–वितरण भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।

यसैगरी हेटौँडा दुध वितरण आयोजनाले पनि हेटौँडा उपनगरपालिकाका विभिन्न वडाको उपभोक्ताहरुलाई दुध, दही, पनिर, घिउँ र मिठाईहरु हेटौँडाको विभिन्न विक्री केन्द्रबाट सुपथ मुल्यमा उपलब्ध गराउँदै आएको छ ।

बडादशैंको उपलक्ष्यमा मासु व्यवसायी संघ र तरकारी व्यवसायी संघहरुले पनि सुपथ मुल्यमा मासु र हरियो तरकारीहरु विक्री–वितरण गर्दै भएको छ ।
आगामी तिहारसम्मको लागि स्थानीय बजारमा सुपथ मुल्यमा सहुलियत सामाग्री उपलब्ध गराईने भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*