हेटौँडामा सवारी दुर्घटना हुँदा न्यौपानेको मृत्यु

२०७६ आश्विन १७,शुक्रबार ०८:०५

मकवानपुर, १७ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइना गेट नजिक आज बिहान साढे ६ बजेतिर सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा ११ बाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल ट्याङ्करले सोही दिसाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा १ चनाइक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपानेको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाबाट मोटरसाइकल चालक निजको देवर वर्ष ३८ को दामोदर न्यौपाने घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

ठक्करबाट दिने टयाङ्कर चालक भीमफेदी गाउँपालिका वडा नं. १ बस्ने २४ वर्षिय मुकेश विकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*