यही कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

२०७६ आश्विन १६,बिहीबार १७:०८

मकवानपुर, १६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ ।

आर्थिक वर्ष ०७६–७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*