भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन

२०७६ आश्विन १६,बिहीबार १२:५३

मकवानपुर, १६ असोज । प्रदेश नं. ३ को राजधानी हेटौँडामा फोरजीको सेवाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच बुधबार भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको हो ।

फोरजीको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धका साथ कार्यक्रम लिई लागि परेको बताए ।

उनले संचारक्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रतिस्प्रर्धाबाट युवा पुस्तालाई सूचना प्रविधिमा उन्मुख गराउँदै समृद्धिको बाटो पहिल्याउँनेतर्फ सरकारको उच्च लक्ष्य रहेको उल्लेख गरे ।

नेपाल टेलिकमद्वारा ंसचालित मोबाईल–फोनको फोरजी सेवा सात वटै प्रदेशको ३२ जिल्लाको ५० वटा सहरमा बुधबारदेखि सेवा सुरुवात गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*