हेटौँडाको भैरवडाँडामा ट्याक्टर दुर्घटना, मगरको मृत्यु, ढुंगाना घाईते

२०७६ आश्विन १६,बिहीबार ११:२१

मकवानपुर, १६ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १, भैरवडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–९ बस्ने १९ वर्षिय सौरभ दर्लामी मगर रहेका छन् ।

आज बिहान दुई बजेतिर भैरवडाँडाबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ त ४५३७ नम्वरको ट्याक्टर पल्टिएर अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त दुर्घटनाबाट अर्का एक जना भने घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँ बस्ने १८ वर्षिय सुरज ढुंगाना रहेका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*