हेटौँडामा रहेको संस्कृत वेद विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

२०७६ आश्विन १५,बुधबार १७:३०

मकवानपुर, १५ असोज । हेटौँडाबाट संचालित कम्प्युटर इन्स्टिच्युट ‘ ‘कलेज अफ इन्फर्मेसन टेक्नोलोजी’ (सिआईटि) ले हेटौँडामा रहेको संस्कृत वेद विद्यालयलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

सिआईटिले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा हेटौंडा १० गोरक्षस्वरधाममा रहेको संस्कृत विद्यालयलाई शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

आज सिआईटिका संचालक दिनेश रिजालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा रिजालले अबदेखि हरेक वर्ष विद्यालयलाई सहयोग गर्ने बताए । उनले कम्प्युटर पढ्न चाहने सम्पूर्ण बटुकलाई सिआईटिमा कम्प्युटर कोर्ष निशुल्क पढाउने प्रतिबद्धतापनि व्यक्त गरे ।

२०५७ सालदेखि संचालित संस्कृत वेद विद्यालयमा हाल २५ जना विद्यार्थीहरु रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*