पर्स चोरी गरिरहेको अवस्थामा हेटौँटाबाट एक जना पक्राउ

२०७६ आश्विन १५,बुधबार १७:१६

मकवानपुर, १५ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. २ संगम चोकस्थित रहेका फुर्केचौर–फापरबारी बसपार्कबाट पर्स चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका वडा नं. ८ गौरीगन्ज बस्ने पुर्ण बहादुर नेपाली रहेका छन् ।

उनलाई मकवानपुरगढी गाउँपालिका ७ सुकौरा जाने बसमा सवार हेटौँडा–२, चौकीटोल बस्ने ५८ को केशब प्रसाद पुडासैनीको पर्स चोरी गरिरहेको अवस्थामा  प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज (बुधबार) दिउँसो रंगेहात पक्राउ गरेको गरेको हो ।

मकवानपुर प्रहरीका अनुसार, चोरीमा संलग्न अर्का एक जना भने फरार भएका छन् । फरार हुनेमा बिकु परियार रहेका छन् । उनको खोजी कार्य हुनुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*