अवैध लागूऔषधसहित हेटौँडाबाट एक जना पक्राउ

२०७६ आश्विन १५,बुधबार १४:१४

मकवानपुर, १५ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका बडा नं. १३ बस्ने २८ वर्षीय नजिर हुसेन रहेका छन् ।

प्रहरीले उनको साथबाट लागूऔषध फेनारगन १९९ एम्पुल, नुफिन १९५ एम्पुल, डाईजेपाम १९५ एम्पुल बरामद गरेको छ ।

बिरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख १४९९ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा सो बसमा सवार उनलाई उक्त लागूऔाषसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगबार दिउँसो पक्राउ गरेको हो । निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुनुका साथै कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*