ओम बृद्धाश्रममा आश्रित बृद्धलाई दहीचिउरा

२०७६ आश्विन १५,बुधबार १२:४४

मकवानपुर, १५ असोज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मकवानपुर ज्येष्ठ नागरिक समाजले ओम बृद्धाश्रममा आश्रित बृद्धलाई दहीचिउरा खुवाएको छ ।

ज्येष्ठ नागरिक समाजले हेटौंडा–२, स्थित चौकीटोलमा रहेको बृद्धाश्रममा आश्रित बृद्धलाई मंगलबार दहीचिउरा खुवाएको हो ।

विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहितको कार्यक्रममा करिब ४० जनालाई दहीचिउरा खुवाइएको समाज अध्यक्ष केदारप्रसाद न्यौपानेले बताए ।

कार्यक्रममा अध्यक्ष न्यौपानेसहित आश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेल, समाज जिल्ला उपाध्यक्ष सीताराम बर्तौला, सचिव रामहरि कोइराला, राष्ट्रिय धर्मसभा केन्द्रीय सदस्य राजाराम बर्मा र सभा जिल्ला अध्यक्ष शंकरलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*