बडादशैंको अवसरमा बकैया गापामा काँग्रेसको शुभकामना तथा चियापान

२०७६ आश्विन १४,मंगलवार १७:३८

मकवानपुर, १४ असोज । नेपालीहरुको महान चाड बडादशैको अवसरमा मंगलबार मकवानपुरको बकैया गाउँपालिका २ काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रम काँग्रेस बकैया २ का वडासभापति अर्थमान पाख्रिनको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, शेरबहादुर लामा, जिल्ला सदस्य चोकबहादुर ठाडामगर, प्रतिनिधिसभा १ का सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, प्रतिनिधिसभा १ को क का क्षेत्रीय सभापति दिल्ली घोरासैनी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य धर्मराज लामिछाने, छवि भोम्जन, शंकर पराजुलीलगायतले दशैको शुभकामना व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*