जिसस मकवानपुरको आयोजना शुभकामना आदानप्रदान

२०७६ आश्विन १४,मंगलवार १४:१६

मकवानपुर, १४ असोज । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आज मंगलबार हेटौँडामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम प्रदेश नं. ३ को मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथिसमेत रहेका उनले आउँदै गरेको चार्डपर्व बडादशैं, शुभदिपावली र छठ पर्वको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले सबै नेपालीहरुमा शुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै स्थानीय जनताको घरदैलोमा सिंह दरबारको अधिकार प्रत्योजित गर्ने क्रममा प्रदेश सरकारले स्थानीय तहलाई सवल र पारदर्शीका साथ आफ्नो अधिकारलाई सदुपयोग गर्न आवश्यक ऐन कानून तर्जुमा गरी स्थानीय तहलाई अधिकार प्रत्योजित गरिसकेको जानकारी दिए ।

सो अवसरमा जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमखु रघुनाथ खुलालले जिल्लाको आठ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भौतिक विकासको पूर्वाधारलाई आधुनिक प्रविधिबाट निर्माण कार्य सम्पन्न गर्न स्थानीय निकायका जनप्रतिनिधिहरु दैनिक क्रियाशील रहेको उल्लेख गर्दै हेटौँडालाई नमुना शहरको रुपमा विकास गर्न गृहकार्य भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा अर्थ समितिका सभापति तथा सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, जुनेली श्रेष्ठ, हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महत, जिल्लका बिभीन्न राजनीतिक दलका नेताहरु, गाउँपालिकाका अध्यक्षहरु, नागरिक समाज, पत्रकारलगायत विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*