मकवानपुरगढीमा बस दुर्घटना

२०७६ आश्विन १३,सोमबार १७:३२

मकवानपुर, १३ असोज । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. २ बाँसपानीमा आज सोमबार बस दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ सुकौराबाट हेटौंडातर्फ आउँदै गरेको बा १ ख ६९८६ नं. को बस दुर्घटना भएको हो । बस दुर्घटनाबाट ९ जना घाईते भएका थिए ।

घाईतेमध्ये मकवानपुरगढी गाउँपालिका वडा नं. ७ बस्ने ४२ वर्षिया निर्मला मोक्तान र सो गाउँ पालिका वडा नं. ६ बस्ने २९ वर्षिय इन्द्रबहादुर घिसिङको चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ भने अन्यको उपचार पश्चात डिस्चार्ज भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ओट लगाएर राखेको बस पछि हटेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*