सार्वजनिक बिदाका दिन पनि स्वास्थ्य सेवा सुचारु हुने

२०७६ आश्विन १३,सोमबार ०९:३७
Sanghiya Mamila Tatha Samanya Prasasan Mantralaya-Tukhabar

काठमाडौं, १३ असोज । नेपालीहरुको महान पर्व बडादशैँ, शुभदिपालीमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ ।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आईतबार जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्य सेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सो आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*