मकवानपुरमा डेंगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै, बिरामीको संख्या १ हजार चार सय पुग्यो

२०७६ आश्विन १२,आईतवार १७:३४

हेटौँडा, १२ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको पनि डेंगु रोगको बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

मकवानपुर जिल्लामा आज (आईतबार) अपराह्नसम्ममा १ हजार चार सय जना डेंगु रोगका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

ती डेंगु रोगका बिरामीहरुमध्ये अहिले ८० प्रतिशत बिरामीहरु काडमाडौं, ललितपुर, चितवनको भरतपुर र हेटौँडाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले बताए ।

डेंगु रोग हाल मकवानपुरको भीमफेदी, मनहरी, बकैयाँ, बाग्मती गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरको विभिन्न वडामा प्रभावित भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिए ।

यसैगरी डेंगु रोगका बिरामीहरु सम्बन्धित चिकित्सकको परामर्शअनुसार करिब २० प्रतिशत घरमै उपचार गराईरहेको र उनीहरुलाई सम्बन्धित स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरुले निगरानी गरिरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रध्वम्न प्रसाद उपाध्यायले बताए ।

हेटौँडा उपनगरको विभिन्न वडामा डेंगु रोगलाई नियन्त्रण गर्नको लागि घरदैलो अभियान सञ्चालन गरी लामखुट्ट्ेको प्युपा र लाभा नष्ट गर्ने अभियानलाई तीब्रता दिइएको हेटौँडा उपनगरपालिकाको स्वास्थ्य महाशाखाका संयोजक सुपेन्द्र कार्कीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*