हेटौंडामा सुगम पोखरेल साँझ सम्पन्न

२०७६ आश्विन १२,आईतवार १५:४१

मकवानपुर, १२ असोज । हेटौंडामा सुगम पोखरेल (वान.एम.बी.) साँझ सम्पन्न भएको छ । लायन्स तथा लियो क्लब अफ हेटौंडा सुर्योदय (परिवार) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सांगीतिक तथा पर्यटनलाई टेवा पुर्याउने मुख्य उद्देश्यका साथ कार्यकम आयोजना गरिएको हो ।

कार्यकममा सुगम पोखरेल, चर्चित र्यापर गिरिश खतिवडा, गायक कमल के क्षेत्री, अन्जन दाहल लगायतले आफ्नो सागितिक प्रस्तुती दिएका थिए ।

समाज सेवासहित स्थानिय विकासलाई जोड दिँदै आफुहरुले हेरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको र यो कार्य निरन्तर चलिरहने लायन्स क्लब अफ हेटौंडा सुर्योदयका अध्यक्ष अरुण बर्तौलाले बताए ।

कार्यक्रम लायन्स क्लब अफ हेटौंडा सुर्योदय, हेटौंडा सुर्योदय राइजिङ्ग, हेटौंडा योङ्ग ग्यालेक्सि, लियोक क्लब अफ हेटौंडा सुर्योदय, सुर्योदय राइजिङ्ग, सुर्योदय क्लासिक, सुर्योदय इन्नोभेटिभको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*