मन्जु श्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७६ आश्विन १२,आईतवार १४:४५

मकवानपुर, १२ असोज । मकवानपुरको हेटौँडा–१४ मा रहेको मन्जु श्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीको अध्यक्ष माया थिङको अध्यक्षता तथा जिल्ला बचत संघका मकवानपुरका सह–सचिव मिना चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

१४ नम्वर वडाको वडा सदस्य चमेली सिजाली मगरको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त साधारणसभामा संस्थाका लेखा संयोजक चन्द्रदेवी तामाङ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्रतिनिधि अमन बिडारी, हेटौँडा उपमहानगरपालिकाका सदस्य रत्नलाल विशवकर्मा, महिला जनचेतना साकोसको उपाध्यक्ष जानुका देवारी, १४ नं. वडाको टोल विकास संस्थाका अध्यक्षहरु, स्थानीय जनप्रतिनिभिहरुलगायत सहकारी संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यस्तै मन्जु श्री सहकारीले शनिबार नै चन्द्रदेवी तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा रामकुमार ब्लोन, सचिवमा रेलिमा लामा, कोषाध्यक्षमा पातली माया मोक्तान, सदस्यहरुमा रत्नलाल विक, ललितमाया वाईबा, सुजिता लामा, पवित्र भण्डारी र देवकी गौतम चयन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*