मनोरोगी समाज-कथा

२०७६ आश्विन ११,शनिबार १०:२५

सिएम रिमाल ।

‘आमा, मलाई कुरकुरे किनिदिनु न । नत्र म स्कुलै जान्नँ ।’ सुदिन ब्याग बोक्दैआमालाई भन्छ । सुदिन अचेल स्कुल जानेबेलामा आनाकानी गर्ने गर्छ ।  ‘केको कुरकुरे, यहाँ तरकारी किन्ने पैसा छैन । तँलाई कुरकुरे चाहिने । छैन आज । भोलि किनिदिउँला । तैँले खाने कुरकुरेमा,शरीरलाई चाहिने अत्यावश्यक कुराहरु जस्तै फाइबर, भिटामिन, मिनरल्स आदिको कमी हुन्छ अनि तँ विरामी हुन्छस् । त्यसैले,घरमै बनाएको खानेकुराहरु खा । तँलाई मिठो लाग्यो भन्दैमा हुन्छ र ?’आमा भाँडा माझ्दै भन्छिन् । ‘अँ हाम्रो साथीले त दिनदिनै विद्यालयमा ल्याउँछ । सरहरुले केही भन्नुहुँदैन । तपाईंचाहिँ मलाई उल्टै गाली गर्नुहुन्छ ।’ सुदिन कड्किन्छ ।

‘उनीहरुसँग त धेरै पैसा छ नि । उनीहरु विरामी भएपनि भोलि उपचार गर्ने पैसा हुन्छ । ठूलाबडाले जे गरेपनि हुन्छ क्या ।’ आमा सम्झाउन खोज्दै छिन् । ‘त्यसो भनेर हुँदैन । मलाई जसरी पनि चाहिन्छ । साथीहरुले आज कुरकुरे ल्याएन भने सँगै नबसाउने भनेका छन् ।’
के गर्ने अब ? खोई कुरकुरे ल्याइस् त भनेर साथीहरुले सोधे भने के जवाफ दिने होला ? साथीसँग बस्न पाइएन भने कसले राख्ला मलाई ? बाटोमा सोच्दै विद्यालय तर्फ लाग्छ ।

‘सुदिन, ए सुदिन’ बाटामा स्कुल जाँदै गरेकी सुनिमाले के बोलाएकी मात्र थिई । ‘पर्दैन बोल्न यस्तो गरिबहरुसँग । अनि हाम्रो स्तर पनि मिल्दैन चुप लागेर हिँड छोरी ।‘सुनिमाकी आमा बिचैमा बोल्छिन् ।

‘मेरो कक्षाको मिल्ने साथी हो नि । ऊ र मसँगै बस्छौँ । उसले मलाई हिसाब नआएको बेलामा सिकाइदिन्छ । जोसुकै होस् ।’ छोरी फकाउन खोज्दै छिन् । ‘जे गरोस् । जसो गरोस् । त्योमलाई मतलब भएन तर तँ अबदेखि सँगै बस्ने होइन नि त्यस्तोसँग ।

‘मेरो जन्म कस्तोको कोखमा भएको होला ? म पनि सम्पन्नको घरमा जन्मन पाएको भए कस्तो हुन्थ्यो होला ? जे भन्यो त्यही किनिदिनु हुन्थ्यो । अलि ठूलो कक्षामा गएपछि मोबाइल पनि पाइन्थ्यो । विद्यालय पनि भनेजति पैसा लान पाइन्थ्यो अनि जे खाए पनि हुन्थ्यो । हे प्रभु, मलाई अर्को जुनीमा धनीको कोखमा जन्म गराइदेऊ ।’सुदिनको मनमायस्तै खेलिरहेको थियो ।
ल्याइस् त ? विद्यालय पुग्न नपाउँदै एउटा साथीको मुखबाट फुस्किहाल्यो ।

‘केको ल्याउनु नि, आमाले झन्डै घरबाट निकालिदिनुभएको ।’ टाउको निहु¥याउँदै सुदिनको बल्ल बल्ल जवाफ दिन्छ । गुड मर्निङ मिस । सबै ज¥याकजुरुक उठ्छन् । त्यतिनै खेर कक्षामा मिसको प्रवेश हुन्छ । ‘सुदिन, तँ पछाडि गएर बस् ? तल्लोस्तरको भएर पनि अगाडि भाग खोज्ने ? पछाडि जा ।’ शिक्षित भनाउँदी मिसको मुखबाट निस्किहाल्छ ।

सुदिन लुरुक्क पर्दै पछाडि जान्छ । सबैको आँखा उसकै अनुहारमा जान्छ । सुनिमा पनि न्याउरो मुख पार्दै बाध्य हुन्छिन् हेर्नलाई । सुदिन र सुनिमाको आँखा जुधेको जुधै हुन्छ ।

शिक्षक बालकको शिक्षाको एउटा अत्यन्तै महत्वपूर्ण सक्रिय तथा औपचारिक साधन हो । जसरी बालकको शिक्षामा परिवारले महत्त्वपूर्ण प्रभाव पार्छ भने शिक्षकले गहिरो प्रभाव। ऊ समूहका कार्यमा सक्रिय भएर भाग लिनसक्ने योग्य व्यक्ति बन्छ्र । ठूलाबडाको भनाई छ कि, प्रत्येक बालक त्यही बन्छ जुन शिक्षकले बनाउन चाहन्छ । वास्तविक के हो भने, बालकको जन्म केवल पारिवारिक वातावरणमा मात्र विकसित हुँदैन उसको विकासमा शिक्षक र विद्यालयको पनि गहिरो प्रभाव हुन्छ । शिक्षकको चमत्कारनै हो कि जहाँ बालकको प्रवृति, विचारधारा तथा आदतको निर्माण हुन्छ साथै उसको संस्कृति, रहनसहन तथा भाषाको र उसको भविष्यको एउटा अमीट छाप पनि देखिन्छ्र ।
‘आमा आमा, मलाई आज मिसले पछाडि राखिदिनु भयो नि ।’ सुदिन घर पुग्नासाथ सुनाउँछ ।

‘यस्तै हो गरिबले बाच्न नपाउने दिन आयो जस्तो छ । ठूलाबडाले जे भने त्यही गर्नुपर्छ हामीजस्ताले । त्यही भएर चुप लाग् छोरा नरो ।’ आमाले मन बुझउँदै भन्छिन् ।

‘मैले अटो चलाउन थालेको पनि सात वर्ष भएछ । घरको आर्थिक अवस्था कमजोर भएपछि पेटै पाल्न र तेरा लागि शिक्षा प्रदान गर्न अटो किस्तामा किनेर चलाउन थालेकी हुँ । सुरुमा त रिक्सावालाहरुले यात्रु कुर्ने स्थान नजिकैबाट यात्रु चढाउनै दिँदैनथे । अरु अटोवालाहरुले पनि मेरो उत्तिकै रिस गर्दथे । यात्रुहरुको रोजाइका कारण मात्र मैलेदिनको आम्दानी राम्रै गरेकी थिएँ । तैपनि कहिलेकाहीं बाटो छेकेर मान्छे ओराली दिनेसम्म गर्थे । त्यस्तो बेला कहिलेकाहीं झगडासमेत हुने गरेको थियो । एक दिन एकजना यात्रु मेरो अटोमा चढ्यो । रिक्सावाला दाई उसकोमा यात्रु चढेन भनेर मेरो अटोको पछाडि झुन्डिएको झुन्डिएै गरेर बसे । म अटोबाट झरेँ । अनि एक झापड हानेँ,’ पुराना दिनको घटना सम्झदै सहिनाले सुदिनलाई भन्दै थिइन् ।
केही नगरी बस्दा बुबाले कति खेर कमाएर ल्याउलान् र खाउँला भनी बस्नुपथ्र्याे, मलाई । त्यति मात्र होइन, तिमीहरुले केही पैसा वा कापी कलम माग्दा पनि बाबाले ल्याएपछि दिउँला भन्नुपर्दथ्यो मलाई । मसँग पैसा छैन भन्दा तिमीहरुको अनुहार पनि कालो बादलले ढाकेझैं पाथ्र्यौ। कति दिन माग्ने ? त्यही भएर पनि मैले आफैँले अटो चलाउन थालेकी हुँ ।
आमा–छोराकै आँखाभरि टिलपिल पानी पोखरीझैं भए । अवाक भयो सुदिन । केही बोल्नै सकेन । ग्वाम्लाङग अङ्गालो हाल्यो र डाको छोडी रुन थाल्यो ।

‘अझै सुन । त्यसपछि के भयो थाहा छ । झगडा चाहिँ यात्रु तानातानमा बढी हुन्थ्यो । झगडा पर्दा केटाहरुले नराम्रो बोलिदिन्थे । उनीहरुले प्रयोग गर्ने शब्दहरु कसरी भन्नु ? त्यही भएर एक कानले सुन्यो अर्को कानले उडाउनुपर्ने हुन्थ्यो । म वास्तै गर्दिनँथेँ । अटोको स्टेशन नभएकै कारण ट्राफिकले खेदाउने र कतिपय अवस्थामा पैसा लिने पनि गरेका थिए । हाम्रो हकमा ट्राफिकले अपमान गर्ने गरेकाथिए । एक दिन म अटो रोकेर बसेको बेला एक ट्राफिक प्रहरीले नराम्रो व्यवहार गरे । त्यसपछि मैले सिधँै ट्राफिक प्रहरी कार्यालयमा गएर उजुरी गरेँ ।उसले कारवाही ग¥यो कि गरेन थाहा भएन पछि ।

खाडी मुलुक गएर महिनाको २० हजार कमाउनुभन्दा त आफ्नै देशमा काम गरेर कमाउनु राम्रो हो नि छोरा । त्यतिखेर मलाई यो त पोइला जान्छे, केटाहरु ल्याउँछे भन्थे । यसो भनेको सुन्दा चित्त दुख्थ्यो । जे जे भनेपनि काम गर्छु भनेर सुरु गरेँ । मैले त्यतीखेर नै हो नोटको मेरुदण्ड छोएको, त्यसको नसा नसा छामेको, त्यस नसामा बग्दै गरेको रातो र नीलो रगत देखेको, त्यसमा मेरा खाना र खेल दुवै संलग्न भएका । त्यसमा सम्पूर्ण कर्म, पुरै गृहस्थी, सारा जयपराजय, दिन र रातहरू समावेश भएका । मलाई जुनसुकै मूल्यमा पनि आफैंलाई भने त्यसबाट बचाउनु थियो । मैले त्यसलाई कपडाजस्तै फैलाएँ र हेर्न खोजें कि त्यो मेरो आत्माको पोशाक बन्न सक्ला ? अनि आफ्नो लयलाई छोडिनँ ।’ विचविचमा आँखाबाट आँसु पुछ्थिन्।

‘पहिलाको तुलनामा विभेद र हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएपनि महिलाहरुले आफूले अङ्गालेको पेसा निर्धक्क र सुरक्षित साथ गर्न सक्ने वातावरण निर्माण भईनसकेको थियो । यो समस्या सबैतिर रहेको छ । त्यही भएर छोरा केही हिम्मत हार्नुहुँदैन । तँ पढ्दै जा । म जसरी पनि तँलाई पढाउँछु ।’ आमा ढाँडस दिँदै छोरालाई सम्झाउछिन ।

समयानुसार वसन्तले आफ्नो पछ्यौरा ओढाएकी हुन्छिन् । हरियालीले कसैलाई पनि छोडेको छैन । कोइलीले आफ्ना दुःखका दिन सकिए भन्ने गीतले पातहरुलाई लठ्याइरहेको छ । हर्ष, उमङ्ग खुसी बाट्दै हुन्छ लालीगुँरासले । हिमालले पनि दन्त लहर देखाउँदै गिज्याइरहेको हुन्छ त्यसैले हेर् छोरा हामी गरिब जातका मान्छे उनीहरु धनी हुन् । हामी जस्ता मान्छेलाई यो संसारमा स्वतन्त्र भएर चराजस्तै उड्न र बाच्न साह्रै कठीन छ । त्यसैले तँैले आफूभन्दा धनीहरुको सङ्गत नै नगर । उनीहरुसँगै नबस्नू । सँगै खाजा नखानू । सँगै नहिँड्नू । यदि त्यसो गरिनस् भने उनीहरुले तँलाई गाली गर्छन्, हेप्छन्, पिट्छन् । एकदिन अवश्य उनीहरु हाम्रो पाउ पर्न आउँनेछन् ।के गर्नु गरिबको घरमा तेरो बास भयो । आमाको मलिन आवाज आउँछ ।

हुन्छ आमा, म हजुरले भने जस्तै गर्छु , हजुरको मन कहिल्यै रुवाउँदिनँ ।जा गएर पढ् । म एउटा काम सकेर आउँछु । ऊ पढ्न कोठामा छिर्छ ।हे भगवान् , तिम्ले नै यो संसारका सबै प्राणीका सृष्टि गरेका हौँ । तर, आज मैले तिम्रो दर्शन गरेँ भने मानव जातिको कल्याण हुन्छ । दुःखको महासागरबाट प्राणी जगत्ले मुक्ति पाउँछन् भनेर मैले आराधना गर्ने गरेको छु । पूजाअर्चना गर्न सधैँ तत्पर रहन्छु । तिम्रो सृष्टि अपरम्पार छ तर मेरो सृष्टि कस्तो सृष्टि आपैmँमा अभिषाप । मैले तिम्रो दर्शन गर्न पाइनँ ।बिहानको त्यस्तै सातजति बजेको हुँदो हो ।

आँगनमा उभिएर ढोकातिर हेर्दै बशुधाले बोलाइन् – सहिना, ए सहिना । भित्र कोही छैन कि क्या हो ?बाहिर निस्किएर सुकुल ओछ्याउँदै सहिनाले भनिन् । ए ,बजै पो आउनुभएछ बस्नुहोस् न । के कामले आउनुभयो होला हाम्रो घरमा?म आफैँ आउथेँ नि खबर पठाउनुभएको भए । सुकुलमा बस्दै बशुधाले भनिन् । के गर्नु कत्ति दुःख दिनु भनेर म आफैँ आएको । तेरो घरमा आटोपिठो छैन होला भनेर । सुदिन विरामी सुनेर आएकी। औषधी किन्ने पैसा छैन कि भनेर । ला, यति लि राख् , कमाएपछि तिर्लिस् । ओहो !बजै त चन्द्रमाजस्तै पो हुनुहुँदोरहेछ । के खोज्छस् कानो आँखा भैगो । चन्द्रमाजस्तै शीतलता दिनै तपाईं त साक्षत देवी नै हुनुहुन्छ ।आँखाभरि खुसीको आँसु पार्दै सहिनाले पुनः कुरा थपिन् ।

साँच्ची ,मेरो सुदिन ठूलो भएको भए उसको बाबु मर्नु हुँदैनथ्यो नि है । सहिनाको आँखा एक्कासि रसाउँछ । जे नहुनु थियो त्यो भैसक्यो अब विगतलाई सम्झेर हुन्छ र ? नरो हामी छौँ । तेरो दुःख अवश्य एकदिन भगवान्ले देख्ने छन् । नआत्ति । केही हुँदैन । बरु सुदिनलाई झट्टै अस्पताल लैजाऔँ । बशुधाले आड दिँदै भनिन् ।

केही समयपछि एक दिन सुनिमा कक्षामा झोक्रिएर बसिरहेकी थिइन् । कक्षामा नेपाली सर आउनुभयो । सबैजना उठे तर उनी उठिनन् । सँगै बसेकी साथीले चिमोटेपछि झसङ्ग भएर उठिन् । सरले हाजिर गर्न थाल्नुभयो, रोल नं. १, रोल नं. २,………..रोल नं. २९‘……….कोही बोलेनन् । रोल नं. १…..आज सुनिमा आएकी छैनन् हो ? सरको प्रश्न सुनेर सुनिमा झसङ्ग भइन् । जुरुक्क उठिन् र भनिन् । सरी सर‘‘।हाजिरी सकिएपछि सरले सोध्नुभयो, ‘होइन आज तिमीलाई के भयो ? के सोचमा डुबेकी छ्यौ ?

सुिनमाले रुन्चे स्वरमा भनिन्, ‘बुबा आमाले मेरो मिल्ने साथी सुदिनसँग नबस्नू, नखानू, सँगै नहिँड्नू भन्नभएको छ । किन नि ? सरले हत्तनपत्त अर्को प्रश्न गरिहाल्नु भयो ।

सरको प्रश्नमा उनले यस्तो जवाफ दिइन् – हामी ठूला अरे, धनी अरे, हामीसँग उनीहरुको स्तर मिल्दैन अरे । साथी भनेको जातभात, रङ, धर्म, थर, पेसा, वर्णका आधारमा हुँदैन, हुन्छ त केबल भावनामा मात्र । तिमी पढ्नमा अलि कमजोर पनि छ्यौ । तिमीलाई उसले नआएको बेला सिकाइदिन्छ पनि त्यसैले बुबाआमाको कुरा छाडिदेऊ । सरले सम्झाउन खोज्दैम तिम्रो घर एकदिन आएर आमाबुबालाई सम्झाउँछु भन्नुभयो । सुनिमाले खुसी हुँदै भनिन्, हुन्छ सर तर झट्टै आउनुहोला नि ।

सबै आ–आफ्नो घरतिर लाग्छन् । घर पुग्नासाथ सुदिनले ढोकाबाटै –
जूनभन्दा राम्री मेरी आमा
फुलभन्दा राम्री मेरी आमा
सबैको मन बुझिदिने मेरी आमा
दुःख बिर्सिदिने मेरी आमा

सुदिन के भयो आज ? खुसी हुँदै आएको छस् त ? आमा हाँस्दै सोध्छिन् । त्यतिनै खेर बाहिरबाट सहिना,ए सहिना कता हो ? हत्तनपत्त खुसीको आँसु पुछ्दै सहिना…। हजुर, म यतै छु । झट्टै मलाई अस्पताल जानुथ्यो । अटो खाली छ कि नाई तेरो ? पल्लो घरकी सुनिमाकी आमा अत्तालिँदै आउँछिन् । किन र के भयो हजुर ? तँलाई जे भएपनि पैसा चाहिएको हैन र ?

पहाडै खसेजस्तो हुन्छ सहिनालाई । कालो बादलले नछोपेको कहाँ हो र तैपनि मन सम्हाल्छिन् । गिद्धले मरेको सिनो लुछेझैं लुछ्न पल्केका यी शोषकहरु । अर्काको मासु नखाई निद्रा पनि पर्दैन होला । जुकाभैm गरिबको रगत नचुसी त ढाँढिदा पनि ढाढिँदैनन् अनि त्यति मात्र हो र । मनमनै सहिना भुत्भुताउँछिन् ।

त्यसो नभन्नू न । पैसा नै सबथोक होइन नि हजुर ।घरमा धन नभए पनि मनको धनी हुन्छौँ हामी गरिब । आँखाभरि आँसु पार्दै जवाफ दिन्छिन् सहिनाले । ल झट्टै आऊ है त, हामी तयारी भएर बस्छौँ । हुन्छ हुन्छ । म झट्टै आउँछु । भित्रैबाट मन्जुरी जनाउँछिन् ।
बाबु, मैले खाना पकाएर राखिदिएको छु खाएर समयमै विद्यालय जानू है । म यसो टिप हान्न हिँडेँ । हुन्छ, आमा म जान्छु । भित्रैबाट सुदिनले स्वीकार जनाउँछ ।

त्यसको केही बेरमै सुदिनलाई अस्पतालबाट फोन आउँछ र ऊ हतार हतार पुग्छ । अस्पताल पुग्दा त सुनिमाकी आमा रगतको अभावले छट्पटाइरहेकी थिइन् । अन्तमा सुनिमाको आमालाई त्यही सुदिनको रगतले ज्यान बचायो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*