मकवानपुरको मनहरी गाउँपालिकामा पुनः निर्माणसम्बन्धी अन्तरक्रिया

तु खबर संवाददाता
२०७६ आश्विन १०,शुक्रबार १७:१७

मकवानपुर, १० असोज । मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार पुनः निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रम दिगो समाधानको सहकार्य तथा अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार मकवानपुरको आयोजनामा भएको हो ।

मनहरीको रजैयामा भएको कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका प्रतिनिधिहरुले समस्या तथा गुनासो राखेका थिए ।

ईकाइका प्रमुख विमल किशोर केपीको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

भुकम्प पिडितले पाउनुपर्ने किस्ता नपाएको र कतिपयले किस्ता पाउन ढिला भएको लगायतका समस्या मनहरी गाउँपालिकाले भोगेको कार्यक्रममा सहभागीहरुको गुनासो राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*