भीमफेदीमा ट्रयाक्टर दुर्घटना हुँदा बस्नेतको मृत्यु

२०७६ आश्विन ९,बिहीबार १७:३९

मकवानपुर, ९ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ माण्डुमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।

बिहिबार बिहान भिमफेदी गाउँपालिका माण्डुस्थित भित्रि सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा चार जना घाईते भएका थिए ।

मृत्यु हुनेमा दुर्घटनाबाट घाईते भएका हुनेमा भीमफेदी ३ उमेश बस्नेत रहेका छन् । दुर्घटनाबाट गम्भीर घाईते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाईते हुनेहरुमा भीमफेदी ३ बस्ने १८ बर्षीय दुर्गा कार्की, २० बर्षीय राजु बस्नेत र सोही ठाउँ बस्ने १७ बर्षीय राजिव पोखरेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, घाइतेमध्ये एक जनाको चीतवनमा उपचार भइरहेको छ भने अन्यको सामान्य उपचारपश्चात घर पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*