चोरी गरेको मोटरसाइकलसहित मकवानपुरबाट एक जना पक्राउ

२०७६ आश्विन ९,बिहीबार १४:४४

मकवानपुर, ९ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ स्थित सडकखण्डमा खटिएको प्रहरी टोलीले चोरी गरेको मोटरसाईकलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय अविनाश चौधरी रहेका छन् ।

प्रहरीले असोज ७ गते मंगलबार भक्तपुर ठिमिमा पार्किङ गरेको लु ५४ प ६०९८ नम्बरको मोटरसाईकल हेन्डिल लक तोडेर ल्याउदै गरेको अवस्थामा उक्त मोटरसाईकल र चौधरीलाई पक्राउ गरेको हो ।

मोटरसाईकल र पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई बिहिबार (आज) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*