क्यान्सर पिडित मकवानपुरकी ब्लोनलाई आर्थिक सहयोग

२०७६ आश्विन ९,बिहीबार १४:२३

मकवानपुर ८ असोज । विश्व शान्ति तथा एकीकृत परिवार संघ चितवन साखा र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपालले क्यान्सर पिडित आइतसिंह ब्लोनलाई आर्थिक सहयोग गरेको छ ।  भरतपुरको विपि कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत ब्लोनलाई नगद १० हजार सहयोग गरिएको संघका चितवन साखाका संयोजक जगतबहादुर थिङ्ले जानकारी दिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ निवासी ब्लोन बिगत ३ महिनादेखि उपचाररत छन् ।

उनलाई घाँटीको क्यान्सर छ । आर्थिक समस्याको कारणले ब्लोनको उपचारमा समस्या भएको उनकी छोरी शान्ति ब्लोनले जानकारी दिइन् ।

उनलाई आर्थिक सहयोग गर्न चाहानेहरुका लागि मोवाइल नम्वर ९८६५५१११७१ मा सम्पर्क गर्न शान्तिले अनुरोध समेत गरेकी छिन् ।

संघका चितवन शाखा संयोजक जगतबहादुर थिङ्ग, सदस्यहरु मिना कुमारी थिङ्ग, फुलमाया घलान र देवी केसीले क्यान्सर पिडित ब्लोनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

संघले विभिन्न सामाजिक हितका कार्यक्रमहरु गर्दै आइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*