सिस्नेरी सडकखण्डमा आजबाट यातायात सुचारु

२०७६ आश्विन ९,बिहीबार ०८:३८

मकवानपुर, ९ असोज । केही दिनदेखि बन्द भएको स्व. मदनभण्डारीअन्तरगत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको सिस्नेरी मर्मत सम्हार गरी आज (बिहिबार) बिहानबाट यातायात संचालनमा ल्याएको छ ।

करिब तीन सातादेखि सडक मर्मत र सडकको ढल निर्माण गर्नको लागि यातायात बन्द गरेको छोटो दुरीको बाटोमा आजबाट यातायात संचालनमा ल्याएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ ।

सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको ९ किलोमिटर सडक फराकिलो पार्नुको सार्थ सडकको ढलसमेत निर्माण गरिएको सिस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी केही हप्ता अघि फाखेल सडकखण्डबाट हेटौँडा– काठमाडौंको यातायात सेवा संचालन गरिएको थियो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*