यू–१६ टिम आज साँझ स्वदेश फर्कदै

तु खबर संवाददाता
२०७६ आश्विन ७,मंगलवार १५:०६
file-photo

मकवानपुर, ७ असोज । जोर्डनमा सम्पन्न एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू–१६ फुटबल आज साँझ स्वदेश फर्केने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

छनोटमा चौंथो भएको नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १९१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित भएको थियो ।

समूह ’ए’ मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*